कन्यादान

भाग्य  मेरो येस्तो हो  कि भाग्य को बिडम्बना  
आज  मेरो  final year   को exam सकियो  
Job को  भन्दा बिहे  को प्रस्ताब बादी आयो 
घर बनाउछु  Engineer बन्छु भन्ने सपना मेरो,
Career आज मेरो येही सकियो ।


कति थिए सपना आमा -बुवा का छोरी ले नाम कमौछे 
नाम कमाउनु अघि नाम पछाडी को थर नै बदलियो
नाम को अगाडी Engineer राखेर क गरौ जब काम मैले केहि गरिन 
इछ्या त मेरा नभका होइन हात बाबा का कन्यादान मै लम्कियो 

बुवा को केहि गल्ति छैन ,समाज को येही रित छ
बिहे गर बच्चा पाउ, जिन्दगी यसै मा बित्छ
लिन्छु जब आफ्नो Certificate  हातमा, हात यसै कामि हाल्छ 
तेत्रो वर्ष मेरो छोरी भन्ने मुखले जब उसलाई परे धन भनिहाल्छ 

पढाई लेखी हुर्काको छोरी परे लाई दिने चलन,
उसको भविष्य लेख्न लाई ज्वाई लाई थमाए कलम
सरकारी जागिर भाको केटा अरेय छोरी सुख साथ बच्छे
के महलमा बस्दैमा मात्र खुशी हुन्छा मान्छे?

दिन त मन थिएन छोरी, समाजले केटि मै खोज्छ दोष
बुढेसकालको सहर त्यागे आज, आफ्नो छोरी र आफ्नो संचयकोष
बुवा आमा को संसार खुशीले भर्छु भन्नेको आज सिउँदोमा सिन्दुर भरिहल्यो
आखाँमा अनगन्ती सपना थिए दुलही अन्मौदा झरीहाल्यो|

कस्तो हो यो जीवन हाम्रो श्रीमान पछि चल्नु पर्ने 
जति सक्छ्यम भए पनि लोग्ने मान्छे कै भर पर्नु पर्ने |

Please follow and like us:

Comment

%d bloggers like this: